नेतृत्व हस्तान्तरणको विषयमा के भन्छन् प्रचण्ड ?

लोकपथ
259
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नै पार्टीमा नेतृत्व हस्तान्तर नहुने बताएका छन् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय जोडतोडले उठेको छ । तर त्यो कुरा मिलेर जाने प्रचण्डको धारणा रहेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा ‘अध्यक्षज्यू नेतृत्व हस्तान्तरणको लागि लिखित प्रस्ताव नै आयो के छ तपाईंको धारणा ?,’ सञ्चारकर्मीको प्रश्न थियो ।

सो क्रममा अध्यक्ष प्रचण्डले भने, ‘केही हुँदैन, सबै मिलेर जान्छ । तपाईंहरुलाई हो टेन्सन हामीलाई केही छैन ।’

जारी स्थायी कमिटी बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले लामो प्रतिवेदन सार्वजनिक गर्दै उनले नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?