काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ५० हजार ८ सय पुगेको छ ।
यसअघि सोमबार १ लाख ४८ हजार ७ सय रहेको थियो ।
आज तोलामा २१ सयले सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गत साउन २१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार रुपैयाँ कायम भएको थियो । उक्त मूल्यको रेकर्डलाई तोड्दै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
त्यस्तै आज प्रतितोला चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार चाँदीको मूल्य १ हजार ७ सय १५ रहेको थियो । आज तोलामा १५ रुपैयाँले वृद्धि भइ १ हजार ७ सय ४० कायम भइ कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया