चर्को दबाबपछि मधेस प्रदेशका आठ राज्यमन्त्री बर्खास्त

लोकपथ
420
Shares

काठमाडौं । भद्धा मन्त्रिपरिषद गठन गरेको भन्दै चर्को आलोचना खेपिरहेका मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंहले अन्ततः ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका छन । राज्यमन्त्रीमा नियुक्त आठै जनालाई उनले बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार, बर्खास्तीमा पर्ने राज्यमन्त्रीमा मोहम्मद जैद आलम (भौतिक पूर्वाधार विकास मन्त्रालय), केशव राय (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय), शारदा देवी थापा (गृह, सञ्चार तथा कानुन मन्त्रालय), रन्जुकुमारी मण्डल खङ्ग (वन तथा वातावरण मन्त्रालय), रामबाबु यादव (शिक्षा तथा संस्कृति मन्त्रालय), शम्भुकुमार साह (उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय), रेखा ठाकुर (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) र निलमकुमारी रजक (उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय) रहेका छन् ।

जम्बो मन्त्रिपरिषद गठन गरेको भन्दै मुख्यमन्त्री सिंहलाई उनकै पार्टी जनमुक्तिले पनि स्पष्टीकरण सोधेको थियो । जम्बो मन्त्रिपरिषद गठन गरेर संघियताकै उपहास गर्ने गरेको आरोप पनि उनीमाथि लागेको थियो । यद्यपि, उनले आफ्नो रुचीले भन्दा कांग्रेस र एमालेको दबाबले ठूलो आकारको मन्त्रिपरिषद गठन गर्नुपरेको स्पष्टीकरण दिँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?