युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

लोकपथ
420
Shares

काठमाडौं । रूस र युक्रेनको बढ्दो द्वन्द्वकाबीच रूसका ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार रुसको सिमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

बिग्रदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खानबस्न लगायतका न्युनतम आवश्यकताका सामानहरु प्रदान गरी सुरक्षित स्थानमा राखिएको सञ्चार माध्यामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?