कर्मचारीमाथि हातपात भएपछि नगरपालिकाको काम ठप्प

लोकपथ
203
Shares

काठमाडौं । महोत्तरी भंगहा नगरपालिकाका कर्मचारीमाथि हातपात भएको विरोधमा कर्मचारीले मंगलबारदेखि नै कार्यालयको कामकाज ठप्प पारेका छन्।

कार्यालयमा काम गरिरहेका बेला नगरपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी सूर्य नारायण ठाकुरमाथि सोमबार वडानम्बर ९ का मुकेशकुमार यादवले हातपात गरेको भन्दै कर्मचारीले कामकाज ठप्प पारेका हुन्।

घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्दै कर्मचारीहरुले नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?