साँपले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

लोकपथ
294
Shares

दाङ । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा  साँपले डस्दा एक बालिकाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ । 

गए राति साँपले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  बताए । 

साँपले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?