खुल्यो पृथ्वी राजमार्ग

लोकपथ
532
Shares

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–मौवा खोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छा कामना गाउँपालिका–३ चुम्लिङटार र मौवा खोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो ।

मौवा खोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो भने कुरिन टारमा विशाल ढुङ्गा खसेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?