प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिटको पेसी संवैधानिक इजलासमा

लोकपथ
252
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै परेको रिटमा आज पेसी तोकिएको छ ।

आज सर्वोच्चको संवैधानिक इजलासमा पेसी तोकिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा पेसी तोकिएको हो ।

त्यसो त गत साउन ६ गते नै उक्त रिटमाथि सुनुवाइ भएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले प्रधानमन्त्रीको नियुक्तिमा व्यापक संवैधानिक व्याख्या आवश्यक रहेको भन्दै संवैधानिक इजलासले हेर्नुपर्ने भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएका थिए ।

‘प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको र सोको निरुपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिँदा’ भन्दै उक्त रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश गरिएको थियो ।

गत असार ३१ गते अधिवक्ताहरु खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले असार ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । ७६ (२) को प्रधानमन्त्रीले विश्वासको मत नपाए ७६ (३) अनुसार अर्को नियुक्ति गर्नुपर्ने संवैधानिक प्रावधान रहेकाले ओलीको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ ।

त्यस्तै त्यसपछि पनि प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध रिट परेको थियो । तर दुवै समयमा परेको रिटको सुनुवाइ आजै संवैधानिक इजलासबाट हुन लागेको हो ।

यदी रिट निवेदककर्ताहरुको दाबी अनुसार सर्वोच्चबाट परमादेश आएमा धारा ७६ (३) बमोजिम सरकार बनेमा ठुलो दलको नेताको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

उक्त रिट भन्दा माथि अन्य धेरै रिटहरु रहेका कारण आज त्यसको सुनुवाइ हुन नसक्ने देखिन्छ । त्यसो त संवैधानिक इजलासमा यसअघि नै धेरै मुद्दाहरु रहेका कारण उक्त रिटको सुनुवाइ प्राथमिकतामा पर्न नसक्ने देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?