सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा ८२ प्रतिशतले बढ्यो

लोकपथ
56
Shares

काठमाडौं । निर्जीवन बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा आर्थिक वर्ष २०७९/८० को तुलनामा ८२ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष (आव) २०८०/८१ को अपरिस्कृत वित्तीय विवरण बुधबार सार्वजनिक गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आवमा ६९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको जनाएको हो । सो इन्स्योरेन्सले अघिल्लो आिर्थक वर्ष २०७९र८० मा ३७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

वित्तीय विवरणअनुसार, कम्पनीको प्रिमियमसहितको कुल आम्दानी बढ्दा नाफा बढेको हो । कम्पनीको खुद प्रिमियम आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ७८ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्ष खुद प्रिमियम आम्दानी १ अर्ब ११ करोड रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड छ । योसहित कम्पनीको कुल आम्दानी अघिल्लो आर्थिक वर्षमा २ अर्ब १ करोड रहेकोमा गत आर्थिक वर्षमा ३ अर्ब ५ करोड पुगेको छ ।

नाफा बढेकाले कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १३।५२ रुपैयाँ रहेको थियो । गत आवमा बढेर २४.६७ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?