काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदीको दायाँ बायाँ भवन निर्माण नगर्न सूचना जारी गरेको छ ।
नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँ-बायाँ छाड्नु पर्ने भनी तोकिएको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा संरचनाहरू निर्माण नगर्न महानगरले बुधबार (आज) सूचना जारी गरेको हो ।
यदि कसैले निर्देशनविपरित कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । यसअघि सर्वोच्च अदालतले पनि खोला छेउको दायाँ-बायाँ २० मिटर क्षेत्रभित्र भवनहरु नबनाउन आदेश जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया