चोरी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

लोकपथ
98
Shares

सर्लाही । सर्लाहीमा चोरी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक नेत्रगंज गाविस–२ बस्ने लालसागर पासवान रहेका छन् ।

इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार पक्राउ गरेको हो ।

जिल्ला अदालत कास्कीको २०५८ असार १२ गतेको फैसलाले १ महिना १५ दिन कैद सजाय र ४५ हजार ८ सय ३२ रूपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पश्चात उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सर्लाहीमा पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?