काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सिन्धुली फिक्कल गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ३३ वर्षीय रवि क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
बेलायत पठाइदिन्छु भन्दै रविले १ जना पीडितबाट ५ लाख २० हजार रूपैयाँ लिई सम्पर्क विहीन भए पश्चात पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो ।
पक्राउ पश्चात उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया