काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटो मोबाइल प्रदर्शनी टाटा.ईभी नाडा अटो शो २०२४ आयोजन गर्ने भएको छ । यो कार्यक्रम भदौ ११ गते देखि १६ गतेसम्म काठमाडौं भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।
यस वर्ष नाडा अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने आयोजकहरूले अपेक्षा गरेका छन् । जसमा टाटा.ईभी मुख्य प्रायोजक, सर्भो लुर्बिकेन्टस् र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा छन् ।
नाडा अटो शोले नेपालका अटो मोबाइल क्षेत्रका महत्त्वपूर्ण खेलाडीहरू र हजारौँ आगन्तुकहरूलाई प्रत्येक वर्ष आकर्षित गर्दै आएको छ। यस वर्षको प्रदर्शनीमा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गर्ने भएको छ । साथै हिरो जुम स्कुटरले बहु प्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ती टिकटिङ पार्टनरको रूपमा रहनेछ ।
आयोजकहरूले यस वर्षको प्रदर्शनीले मात्र आर्थिक गतिविधिलाई बढवा नदिने, बरु राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अटो मोबाइल व्यवसाय समुदायको मनोबललाई पनि उचाल्ने विश्वास गरेका छन् ।
टाटा.ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । जसले यसलाई नेपालको अटो मोबाइल क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण कार्यक्रमहरू मध्ये एक बनाउने अपेक्ष गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया