उदयपुर । सिद्धिचरण लोकमार्गको घुर्मी–कटारी सडक खण्डमा ट्रक पहिरोले बगाएको छ । उदयपुरको कटारी नगरपालिका–१४ घुर्मी नजिकै बुधबार राति अविरल वर्षासँगै आएको पहिरो र सडक भाँसिएपछि ट्रक बगाएको हो ।
ओखलढुंगाबाट काठ लोड गरी इटहरीतर्फ जाँदै गरेको प्र–०२–००–२ ख ०१२६ नम्बरको ट्रक पहिरोमा परेको हो । पानी परिरहेको अवस्थामा बाटो साँघुरो देखेर चालक, सहचालक बाटो हेर्नका लागि झरेको समयमा सडकसँगै भाँसिएर ट्रक १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
उत्तीसको काठ लिएर आउँदै गरेको ट्रक चालक संखुवासभाका ललित विश्वकर्मा र सहचालक ट्रकबाट झरेर सडकको अवस्था हेर्ने क्रममा ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता राजन चापागाईंले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया