यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

लोकपथ
70
Shares

काठमाडौं । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

एक सेवाग्राहीले लाइसेन्सको वर्ग थप गर्नका लागि दिएको प्रयोगात्मक परीक्षामा पास भएका तर इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स रजिष्ट्रेसन सिस्टम (ईडीएलआरएस) मा फेल देखाएका सेवाग्राहीसँग घुस मागेका थिए ।

उनले आफ्नो लाइसेन्सको वर्ग बी बनाउनका लागि चेकलिस्टमा पास देखाए पनि ईडीएलआरएसमा फेल देखाएको थियो । ती सेवाग्राहीसँग २० हजार घुस लिएर नाम अध्यावधिक गरेका रेग्मीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्य कार्य भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १ को उपदफा (१) बमोजिमको कसूरमा २० हजार बिगो दाबी गरिएको छ । साथै उनलाई कैदसहित बिगो बमोजिमको जरिवाना समेत कायम गरि मुद्दा दायर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?