काठमाडौं । साताको अन्तिम कारोबार दिन धितोपत्र बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।
आज शेयर बजार ४३ दशमलव ०५ अंकले बढ्दा बजार ३ हजार बिन्दुमा टेकेको छ ।
नेप्सेका अनुसार आज बजार ३ हजार दशमलव ८१ बिन्दुमा पुगेको छ ।
आज २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २ सय १६ रुपैयाँको कारोबार भएको हो ।
आज कारोबारमा आएकामध्ये १०६ कम्पनीको शेयर बजार बढेको, १३६ कम्पनीको शेयर मूल्यमा गिरावट आएको र एउटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
शिथिल अवस्थामा रहेको शेयर बजार पछिल्ला दिनहरुमा हरियाली छाउँदा लगानीकर्तामा खुसियाली देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया