टाटा मोटर्सका डिलरहरुलाई पञ्च इभीको टेस्ट ड्राइभ

लोकपथ
84
Shares

काठमाडौं । टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले पञ्च इभीको टेस्ट ड्राइभ गराइरहेको छ । 

 सिप्रदी ट्रेडिङ्गले चितवनको सौराहामा नेपालभर रहेका डिलरहरुलाई पञ्च इभीको टेस्ट ड्राइभ गरिइरहेको हो ।

उक्त टेस्ट ड्राइभ कार्यक्रममा डिलरसँगै सिप्रदीको प्यासेन्जर भेहिकलको व्यवस्थापन टिम, टाटा मोटर्स भारतको प्रतिनिधिहरू र सर्भिसिङ टिमहरुको सहभागिता रहेको छ ।

नाडा अटो–शोमा लञ्च गर्न लागिएको पञ्च इभी नेपालको बहुप्रतीक्षित गाडी हो । सबै सहभागीहरुबाट पञ्च इभीलाई देखेर उत्साहजनक प्रतिक्रिया आइरहेको कम्पनीले जनाएको छ ।     

पञ्च इभी भारतमा अत्याधिक रुचाइएको गाडी हो । भारतमा टाटा पञ्च मासिक रुपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ ।

पञ्च ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्‍याम्प–ओभर एंगल्स लगायतका विशेषताहरु छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा  खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ ।  

साथै माईक्रो एसयूभी पञ्च ईभीले क्र्यास टेस्टमा ५ स्टार रेटिङ हात पारेको छ । भारत एनक्यापले सम्पन्न गरेको उक्त टेस्टमा पञ्च ईभीले एडल्डट र चाइल्ड दुवै अकुपेन्ट प्रोटेक्सनमा ५ स्टार रेटिङ पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?