प्रभु बैंक र  बुद्ध एयरबीच विशेष छुट सम्झौता 

लोकपथ
245
Shares

काठमाडौं । प्रभु बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको हो ।  

एक समारोहकाबीच प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धव लाल कायस्थले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आवद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट बैंकका कर्मचारी तथा ग्राहकहरुले टिकट खरिद गर्दा उक्त छुट दिने व्यवस्था गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?