काठमाडौं । संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिहरुले शपथ ग्रहण गरेका छन् ।
बिहीबार संसदीय सुनुवाइको सभापतिमा नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका थिए ।
उनीहरूले आजै कृषि समितिको हलमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गरेका हुन् । दुवै समितिको दिउसो बसेको छुट्टा छुट्टै बैठकमा दुवै समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया