बिपिनको रिहाइका लागि सहयोग गर्न कतारका राजदूतसँग गृहमन्त्री लेखकको आग्रह

लोकपथ
161
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले भेटघाट गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा मन्त्री लेखक र राजदूत अलान्सारी नेपाल र कतारबीचको गहिरिदै गएको सम्बन्धका बारेमा चर्चा भएको छ ।

भेटका क्रममा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गरेका छन् ।

त्यसका साथै कतारमा रहेका नेपाली कामदारहरुलाई २४ घण्टा नै बीमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरुको राहत र उद्दारमा जोड दिदै उहाँले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरे ।

त्यसैगरी सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतार बिच सहकार्य बढाउनेपर्नेमा समेत मन्त्री लेखकले जोड दिए ।

राजदूत अलान्सारीले बिपिनको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?