हप्तामा कतिपटक यौन सम्बन्ध राखेको राम्रो ?

लोकपथ
2.2k
Shares

काठमाडौं । अहिले गाँस, बास र कपासपछि यौनलाई पनि आभारभूत आवश्यक्ताको रुपमा लिन थालिएको छ । यौन आधारभूत आवश्यकता हो भन्ने त सबैलाई थाहा छ तर, यौनसम्पर्क कति समयमा राख्नुपर्दछ भन्ने जानकारी सबैलाई नहुन सक्छ ।

आफ्नो स्वास्थ्यलाई पनि ध्यानमा राखेर यौन सम्बन्ध स्थापित गर्नु राम्रो मानिने अध्ययनले देखाएको छ ।

‘आर्काइभ्स अफ सेक्शुअल बिहेवियर’मा प्रकाशित एक अध्ययनका अनुसार, एक जना विवाहित जोडीलाई वर्षमा ५१ पटक यौन सम्बन्ध राख्नुपर्ने देखायो । यसको मतलव हप्तामा कम्तिमा एकपटक यौन सम्पर्क गर्नु राम्रो हो ।

सन् २००० र २००४ को बीचमा भएको एक अध्ययनले विवाह भइसकेका जोडी जति पटक यौन सम्बन्ध राख्छन् त्यस संख्यामा कमी आएको देखाएको छ । आफ्नो कामको व्यस्तताले, मानिसक तनाव जस्ता कारणले मानिसको यौन शक्तिमा ह्रास आएको देखाएको हो ।

त्यसो त नेपालको कुरा गर्ने हो भने कामको व्यस्तता, वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण पछिल्लो समय आफ्नो पार्टनरबाट टाढा हुँदा यौन शक्तिमा समेत ह्रास आइरहेको छ ।

लगभग दुई दशक पहिलेको तथ्यांकको तुलनामा जोडिहरु अब ९ गुना कम यौन सम्बन्ध राख्ने गरेका छन् ।

जर्नल अफ सोशल साइकोलोजिकल एण्ड पर्सनेलिटी साइन्समा प्रकाशित एक अध्ययनका अनुसार जो जोडी सातामा एक पटक यौन सम्पर्क गर्छन्, उनीहरु सबैभन्दा खुशी देखिन्छन् ।

त्यस्तै शिकागो विश्वविद्यालयद्वारा गरिएको अध्ययन द सोशल अर्गनाइजेशन अफ सेक्शुएलिटीः सेक्शुअल प्रैक्टिसेज इन द यूनाइटेड स्टेट्स’ ले लगभग एक तिहाई जोडीहरु हप्तामा दुईदेखि तीन पटक सम्म सेक्स गर्छन्, जबकी केहि जोडीले भने महिनामा एक वा दुई अथवा तीन पटक मात्र सेक्स गर्ने गर्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?