काठमाडौं । नेपाल टेलिकमको सेवा आज राति चार घण्टाको लागि प्रभावित हुने भएको छ ।
नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ११ बजे देखि करिब चार घण्टा सेवा प्रभावित हुने भएको हो ।
नेपाल टेलिकमले आज सूचना जारी गरी यस बारे जानकारी दिएको हो । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमा समेत मागेको छ । साथै नेपाल टेलिकमले सेवा सम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया