जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । बर्दिया र मोरङबाट जबजस्ती करणीको गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका–४ बस्ने २७ वर्षीय नारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नारायणले ती बालिकालाई सोही ठाउँस्थित खडकदेवी सामुदायिक वनमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङका १६ र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–४ बस्ने ३५ वर्षीय जोसन राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती किशोरीहरूलाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?