न्याय सेवा आयोगले गर्‍यो २० सरकारी वकिलको सरुवा (नामावली)

लोकपथ
105
Shares

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवा सरकारी वकिल समूह २० सरकारी वकिलको सरुवा गरेको छ ।

आज बसेको आयाेगको बैठकले न्याय सेवा समूहका १० जना सहसचिव (सहन्यायाधिवक्ता) र १० उपसचिव (उपन्यायाधिवक्ता) को सरुवा गर्ने निर्णय गरेको हो ।

जस अनुसार हाल महान्यााधिवक्ताको कार्यालयमा कार्यरत सहसचिव अच्युतमणि नेउपाउनेको उच्च सरकारी वकिलको कार्यालय विराटनगरमा सरुवा गरेको छ ।

त्यस्तै उच्च सरकारी वकिलको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता यदुनाथ शर्माको महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौंमा सरुवा गरिएको आयोगले जनाएको छ ।

त्यस्तै उपन्यायाधिवक्तातर्फ जिल्ला सरकारी वकिलको कार्यालय हुम्लामा कार्यरत रामहरि शर्मा काफ्लेलाई उच्च सरकारी वकिलको कार्यालय राजविराजमा सरुवा गरिएको छ । आयोगका अनुसार उच्च सरकारी वकिलको कार्यालय पाटनमा कार्यरत उपन्यायाधिवक्ता महेशप्रसाद खत्रीलाई जिल्ला सरकारी वकिलको कार्यालय ताप्लेजुङमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?