लमजुङ । यहाँको कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा स्वस्थ खाना, पिउने पानीलगायत समस्या हुन थालेको छ । ३५ कैदीकन्दी अट्ने गरी विसं २०२८ मा बेँसीसहर नगरपालिका–८ शेरामा निर्माण गरिएको जिल्ला कारागार लमजुङमा हाल एक सय १३ कैदीबन्दी छन् ।
मापदण्डअनुसार यहाँको कारागारको संरचना निर्माण भएको छैन । एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफल हुनुपर्ने कानुनी प्रावधान छ । पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा बस्दा जीर्ण भवन भत्किएर ज्यान जाने त्रास रहेको कैदीबन्दी बताउँछन् । साथै गर्मी, उडुस र लामखुट्टेको टोकाइलगायत समस्या हुने गरेको उनीहरु बताउँछन् ।
कारागारका चौकीदार खुसीराम मगरातीले पुरानो जीर्ण बन्दै गएको भवनमा राति मुसा दौडिँदा पनि भवन भत्किन लाग्यो भनेर डराउनुपर्ने अवस्था आएको बताए । ‘यतिबेला गर्मीको समय छ, धेरै कैदीबन्दी हुँदा सुत्न, बस्नलाई समस्या भइरहेको छ । स्वस्थ खाना र पिउने पानीको अभाव, उडुस र लामखुट्टेको टोकाइ, भुइँमा एकैठाउँमा सुदा राम्रोसँग फर्किन पनि नमिल्ने समस्या छ, ’उनले भने ।
गर्मीका साथै उडुसको टोकाइले राति निदाउन नसकिने चौकीदार मगरातीले गुनासो गर्नुभयो । “निदाएको बेलामा उडुसले टोकेको थाहा हुँदैन, ब्युझिदा शरीरभरि एलर्जी हुन्छ । एलर्जीको औषधि लगाउँदै बस्दै गर्नुपर्दछ, ’उनले भन्नुभयो । खाना खाने ठाउँ खुला रहेको बताउँदै खाना खाँदाखाँदै पानी परे भिजेर खानुपर्ने खवस्था रहेको उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया