चक्रे मिलन समूहमा आबद्ध वडाध्यक्षद्वारा दुई युवकमाथि कुटपिट, अवस्था गम्भीर

लोकपथ
1.9k
Shares

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाका–२ का वडाध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ सहितले शनिबार राति दुई युवकलाई सख्त घाइते हुने गरी कुटपिट गरेका छन् । घाइते दुबैलाई उपचारका लागि भारतको लखनउ लगिएको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका उनीहरू दुबैको अवस्था गम्भीर छ ।

प्रहरीले एमालेबाट निर्वाचित वडाध्यक्ष वलीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखेको छ । ती दुई युवामाथि नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटालगायत करिब एक दर्जन युवा समुहले आक्रमण गरेको पनि प्रहरीले जनाएको छ ।

वडाध्यक्ष वलीले विगतमा गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध रहेर काम गरेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?