परराष्ट्रमन्त्री राणा नयाँ दिल्ली प्रस्थान

लोकपथ
343
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा आज बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।

यस भ्रमणका क्रममा भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।

मन्त्री डा.राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए। मन्त्री डा.राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना पनि सहभागी छन् ।

परराष्ट्रमन्त्री डा.राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा. राणा आगामी भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?