तस्बिरमा हेर्नुहोस् गोसाइँकुण्ड जाने तीर्थयात्रीहरुको भीड

लोकपथ
224
Shares

काठमाडौं । अघिल्ला वर्ष जस्तै यसवर्ष पनि गोसाइँकुण्ड मेला सुरु भइसकेको छ ।

जनैपूर्णिमाको पर्वलाई लक्षित गर्दै भक्तनजनहरु गोसाइँकुण्डको मेला भर्न गोसाइँकुण्ड तर्फ लागिसकेका छन् । गङ्गा दशहरा पर्वअन्तर्गत १० दिनसम्म चल्ने यस मेलाका लागि देशका विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्छन् ।

जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र शरीरका रोगव्यादसमेत हट्ने जनविश्वास रहिआएको छ । चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड पवित्रकुण्डमा भगवान् शङ्कर विराजमान रहेको विश्वास गरिन्छ ।

मेला हेर्नका लागि देशभरबाट हजारौँ भक्तजनहरु त्यहाँ पुग्ने गरेका छन् ।

तस्बिर हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?