काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार झालाई थुनामा पठाउने आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई अहिले नै निर्दोष मान्न नसकिने भन्दै थुनामा पठाउने आदेश गरेका हुन् । साउन ३० गतेदेखि लगातार तीन दिनको थुनछेक बहसपछि झालाई आइतबार थुनामा पठाउने आदेश भएको हो ।
झविरुद्ध ठगी, लिखत किर्ते, राज्य विरुद्दको कसुर र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दायर भएको थियो
प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन २९ गते काठमाडौं जिल्ला अदालतमा झाविरुद्ध मुद्दा दायर गरेको थियो । झविरुद्ध ठगी, लिखत किर्ते, राज्य विरुद्दको कसुर र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दायर भएको थियो ।
झाले नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै राज्यसंयन्त्र र राजनीतिक नेतृत्व मिलाउन भन्दै २ करोड रुपैयाँ लिएको आरोप छ । झा ले २ करोड रुपैयाँको चेक लिएको भएपनि उक्त चेक नसाटिएको बताइएको छ ।
पक्राउ परेका अन्य व्यक्तिहरुको बयानका आधारमा बेचन झालाई प्रहरीले पक्राउ गरेको थियो । झा पक्राउसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य व्यक्तिहरुको संलग्नतासमेत खुल्ने दाबी गरिएको भएपनि झले आफ्नो बयानमा भने कसैलाई पोलेका छैनन् । बरु नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको, कसैसँग लेनदेन नगरेको र उच्च तहका सरकारी कर्मचारी र राजनीतिक नेतृत्वसँग चिनजानसमेत नभएका बयान दिएका छन् ।
तीन दिन लगातार चलेको थुनछेक बहसमा झाका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा र महादेव यादव तथा अधिवक्ताहरु पुरुषोत्तम अर्याल, मनिराम उपाध्याय, चिरन्जिवी उपाध्याय र हरिशरण कार्कीले बहस गरेका थिए ।
झाले प्रहरीलाई मौकामा दिएको बयानसमेत होइन भनी अदालतमा प्रतिकुल बयान दिएका थिए । घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आफ्नो बचाउ गरेपनि न्यायाधीश केसीले प्रतिवादी बेचन झालाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएका हुन् । अदालतको आदेशसँगै झालाई पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।
हेर्नुहोस् आदेशको पूर्णपाठ
यो पनि
तीन दिनको लगातार सुनुवाइपछि बेचन झालाई थुनामा पठाउने आदेश
बेचन झालाई थुनामा पठाउने यी हुन् अदालतको आधार
मन्त्रिपरिषदबाट निर्णय गराउने भन्दै बेचनले लिएका थिए २ करोड नगद र २ करोडको चेक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया