काठमाडौं । केही दिन अघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलको भिडियो दुरुपयोग गरी अश्लिल भिडियो बनाउनेविरुद्ध उजुरी परेको छ ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उपमेयर डंगोलले उजुरी दिएकी हुन् । उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ब्यूरोले अनुसन्धान भने थालिसकेको थियो ।
एआईको प्रयोग गरेर बनाइएको भिडियो सार्वजनिक भएपछि आफूहरुले अनुसन्धान थालेको ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले लोकपथलाई जानकारी दिए ।
‘उहाँ (उपमेयर सुनिता) ले निवेदन दिनुभन्दा पहिले नै हामीले अनुसन्धान थालिसकेका थियौँ,’ उनले भने, ‘अन्य व्यक्तिहरुको चरित्र हत्या गर्ने केही व्यक्तिहरुलाई पक्राउ गरिसकेका छौँ । त्यस विषयमा भने हामी अनुसन्धानमै छौँ ।’
त्यस्तै ब्यूरोले एआईको प्रयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्नेलाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया