लुम्बिनीका मुख्यमन्त्री आचार्यले भोलि विश्वासको मत लिने, ७ दलले मत दिने

लोकपथ
91
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिने भएका छन् ।

मंगलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने भएका हुन् ।

केन्द्रमा आएको सत्ता समीकरण परिवर्तनपछि गत साउन ७ गते उनको दल नेकपा एमाले र नेपाली कांग्रेससहितका दलहरुको समर्थनमा आचार्य मुख्यमन्त्री बनेका हुन् । प्रदेश संसदीय दलका उपनेता रहेका उनलाई पार्टीको केन्द्रको निर्देशनमा मुख्यमन्त्रीका लागि अघि सारिएको थियो । यद्यपि उनलाई शनिबार प्रदेश संसदीय दलको नेता बनाइएको छ ।

भोलि बस्ने प्रदेश सभा बैठकमा नेकपा एमाले, नेपाली कांग्रेससहित ७ दलले विश्वासको मत दिने भएका छन् । सबै पार्टीहरुले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन सर्कुलर जारी गरेका हुन् ।

११ वटा दल क्रियाशील रहेको लुम्बिनीमा ८७ जना सांसद छन्। मुख्यमन्त्री आचार्यलाई सात वटा दलका सांसदले मत दिएका खण्डमा दुई तिहाइ समर्थन प्राप्त हुन सक्नेछ ।

भोलि दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?