वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत राजस्व संकलन

लोकपथ
28
Shares

झापा ।  आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत हो । 

आन्तरिक राजस्व कार्यालयको चालु आवमा  चार अर्व ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एंव कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिए । ‘साउनमा ३२ करोड ८७ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ९१ दशमलव ९५ प्रतिशत राजस्व संकलन भयो, लक्ष्यअनुसार राजस्व संकलन भएन, ’उनले भने । 

आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाटआठ करोड ९१ लाख तीन हजार, ब्याजबापत  दुई करोड ४० लाख ८७ हजार, मूल्य अभिवृद्धि करबापत  ११ करोड ६५ लाख २९ हजार र अन्तःशुल्कबापत  ६ करोड ८९ लाख ३७ हजार राजस्व संकलन गरेको छ । गत आव २०८०/८१ को पहिलो महिनामा २८ करोड ९६ लाख राजश्व सङ्कलन भएको कर अधिकृत आचार्यले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?