रुनु स्वास्थ्यका लागि राम्रो कि नराम्रो ?

लोकपथ
511
Shares

काठमाडौं । रुनुलाई सामान्यतया कमजोरी र नकारात्मक भावनाको चिह्नको रूपमा लिइन्छ ।

कुनै घटनाले दुखी हुँदा वा गहिरो चोटपटक लाग्दा मनमा रुने भावना स्वतः उत्पन्न हुने गर्छ र आँखाबाट आँसु बग्न थाल्छ । यसका साथै खुसीको अवसरमा पनि मान्छे भावनात्मक बन्दछ र रुन मन लाग्छ । सामान्यतया कोही व्यक्ति रोयो भने हामी त्यसलाई कमजोर होस् भनि चुप लगाउने गछौँ ।

तर यो कमजोरीको लक्षण नभएर प्राकृति रुपमा मानिसको भावना बाहिर निकाल्ने र मानसिक सन्तुलन कायम राख्ने तरिका हो । त्यसैले रुनु भनेको नकारात्मक भावना मात्र होइन, यसले हरेक प्रकारको भावनालाई व्यक्त गर्ने गर्छ । रुँदा हामी भित्रदेखि नै शान्त हुने गछौँ । रुन मन लाग्नु पनि हाम्रो शरीरको दिगो आवेग हो । जसलाई हामीले दबाउन खोज्छौँ । तर यो हाम्रो स्वास्थ्यका लागि ठिक मानिँदैन । कहिलेकाहीँ खुलेर रुने गर्दा हाम्रो शरीरमा धेरै परिवर्तन आउने गर्छन् । र कतिपय मनका आवेग र गुनासाहरु समेत पखालिएर जाने गर्दछन् ।

आज हामी तपाईँहरुलाई रुनुका फाइदाहरुका बारेमा जानकारी दिँदैछौँ ।

यी हुन् रुनुका फाइदाहरु :

हल्का महसुस हुन्छ

जब हामी रुने गछौँ यसले पैरासिम्पेथेटिक स्नायु प्रणालीलाई सक्रिय बनाउने गर्छ । जसको कारण शरीरमा आराम महसुस हुन्छ र पाचन प्रणालीमा पनि सुधार आउँछ । यसले गर्दा हामी पहिला भन्दा राम्रो र हल्लका महसुस गर्ने गछौँ ।

दुखाइ कम गर्छ

रुँदा एन्डोर्फिन हर्मोन निस्कन्छ जसले दुखाई कम गर्न मद्दत गर्छ । यसले शारीरिक र भावनात्मक पीडा कम गर्न काम गर्छ ।

भावनात्मक रिहाई

रुँदा हाम्रो मनमा जम्मा भएका भावनाहरु बाहिर निस्कने गर्छ । रोएर मनमा भएका आवेगहरुलाई सजिलैसँग बाहिर निकाल्न सकिन्छ । जसले तनाव कम गर्छ ।

मुड सुधार्न मद्दत गर्छ

रोएपछि मानिसहरुलाई आराम मात्र होइन राम्रो हल्लका पनि महसुस हुने गर्छ । रुँदा हाम्रो शरीरबाट एन्डोर्फिन नामक हर्मोन बाहिर निस्कन्छ जसले मुडलाई ठिक राख्ने काम गर्छ । यसलाई फिल गुड हर्मोन पनि भनिन्छ ।

आँखाको स्वास्थ्य कायम राख्छ

हाम्रो आँखाबाट आँसु झर्दा हाम्रो आँखाले ल्यूब्रिकेट प्राप्त गर्ने गर्छ । जसले आँखालाई सफा राख्न मद्दत गर्छ । यसले आँखाको संक्रमणको जोखिम कम गर्छ ।

तनावबाट राहत प्रदान गर्दछ

रुँदा हाम्रो शरीरबाट एड्रेनोकोर्टिकोट्रोपिक हर्मोन (एसीटिएच) र कोर्टिसोल जस्ता स्ट्रेस हर्मोनहरू बाहिर निस्कन्छ, जसले तनाव र चिन्ताको भावनालाई कम गर्ने गर्छ ।

मुटुको स्वास्थ्यलाई ठिक राख्छ

रुँदा रक्तचाप कम हुने गर्छ, जसले मुटुको रोगको जोखिम कम गर्छ, र हाम्रो मुटुलाई स्वस्थ राख्छ । त्यसकारण आफ्ना भावनाहरूलाई दबाउनु हुँदैन ।

अनिद्राको समस्या हट्छ

रुँदा हाम्रो दिमाग शान्त रहन्छ र पीडा पनि कम हुन्छ । जसले गर्दा हामीलाई राम्रो निद्रा लाग्ने गर्छ । निद्राको कारणले थकान टाउको दुख्ने जस्ता समस्या छन् भने स्वत कम हुँदै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?