काठमाडौं । म्याग्दीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मालिका गाउँपालिका–३ डाडाँगाउँ बस्ने ४३ वर्षीया बिना कुमारी बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय दलविर सिर्पालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादको क्रममा दलविरले धारिलो हतियार प्रहार गर्दा बिना कुमारीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनास्थलबाट धारिलो हतियार दाउ, हँसिया र बञ्चरो फेला पारी बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया