विश्वका ११ अनौठा बिहे : बर्लिनको पर्खालदेखि आइफिल टावरसम्म

लोकपथ
63
Shares

भनिन्छ, प्रेम निस्वार्थ हुन्छ निशर्त हुन्छ । विश्वका कुनै पनि नियम र कानुनले प्रेमलाई बाँध सक्दैन । प्रेमको आफ्नै नियम हुन्छ । प्रेमको अन्तिम बिन्दु प्रेम नै हो भनिन्छ । तर सदियौँदेखि प्रेमको अन्तिम बिन्दु विवाहलाई लिने गरिन्छ । प्रेम कहिले र को सँग हुन्छ थाहा हुन्न । प्रेमको संसार यति विशाल हुन्छ कि, त्यसले हजारौँ माइललाई नजिक्याएको हुन्छ । न हुँदो हो त नेपालको अनकन्टार गाउँमा जन्मिएको कुनै महिला वा पुरुषलाई विश्वका अन्य मुलुकको अनकन्टार गाउँसम्म पुर्याउने थिएन । वा विश्वका अनौठा ठाउँबाट नेपाल या अन्य कुनै मुलुकसम्म प्रेमले डोर्याउने थिएन । प्रेमलाई न कुनै भूगोलले छेक्छ, न कुनै जातको पर्खालले रोक्छ । चेतनशील प्राणी भएका कारण मान्छेसँग मान्छेको प्रेम हुन्छ विवाह हुन्छ अनि घरजम बस्छ । तर पछिल्ला वर्षहरुमा विश्वमा यस्ता घटनाहरु बनेका छन् जसले प्रेम र विवाह मान्छेमान्छेबीच मात्र होइन अन्य सजिवदेखि निर्जिव वस्तुहरुसँग समेत प्रेमको दायरा फराकिलो बनेको छ ।

आज हामी विश्वका यस्ता अनौठा ११ विवाहको चर्चा गर्दैछौँ, जुन पढेर तपाईँ छक्क पर्नुहुनेछ । तपाईँले कहिल्यै सुन्नुभएको छ, मान्छेले पर्खाल, सर्प, खेलौँनासँग समेत विवाह गरेको ? अझ रोचक त आफैँले आफैँसँग समेत विवाह गरेको अनौठो घटना आज हामी बयान गर्न गइरहेका छौँ ।

यी हुन् विश्वका अनौठा विवाह

१. आफैँसँग विवाह


तपाईँले कहिल्यै सुन्नुभएको छ ? कसैले आफैँसँग विवाह गरेको । हो, छिमेकी देश चीनका एक व्यक्तिले आफैँसँग विवाह गरेका छन् । उनको नाम हो, लिउ ये । उनले आफू अविवाहित रहनु भन्दा आफैँसँग विवाह गर्नु उचित रहेको र आफैँसँग विवाह गरेको बताउने गरेका छन् । उनले मनमोहक रातो लुगा लगाएर आफैँ कार्डबोर्ड कटआउटसँग लगनगाँठो कसेका हुन् । यसरी आफूले आफैँसँग विवाह गर्नुलाई सोलोगामी भन्ने गरिन्छ । कानुनद्वारा बाध्यकारी नभए पनि मानिसले आफूले आफैँलाई खुसी राख्न आफैँसँग विवाह गर्ने गरेका छन् ।

२. आइफिल टावरसँग विवाह


अनौठा विवाहमा पर्छ फ्रान्सको पेरिसमा रहेको आइफिल (एफिल टावर पनि भन्ने गरिन्छ) टावरसँगको विवाह । एरिका ला टुर एफिलले आइफिल टावरसँग विवाह गरिन् । त्यसो त उनले त्यसअघि पनि अन्य निर्जिव वस्तुहरुसँग प्रेम गर्ने गरेको खुलाएकी छिन् । उनले विवाहपछि कानुनी रुपमा समेत आफ्नो नाम परिर्वतन गरेर अन्तिमको नाम एरिका ला टुर एफिल राखिन् । साथै उनले आफ्नो कोठामा रहेका निर्जिव वस्तुहरुसँग यौन आकर्षण हुने गरेको समेत खुलाएकी छिन् ।

३. भिडियो गेमको पात्रसँग विवाह


कसैले भिडियो गेमको पात्रसँग विवाह गर्यो भन्दा तपाईँलाई अचम्म लाग्ला । तर जापानमा एक व्यक्तिले भिडियो गेमको पात्रसँग विवाह गरेका छन् । Sal9000  भनेर चिनिने जापानी व्यक्तिले Nintendo DS video game “Love Plus,” भिडियो गेमको एक पात्रसँग विवाह गरे ।

उनले उक्त पात्रसँग आफ्नो पार्टनरसँग जस्तै व्यवहार गर्ने गरेका छन् । यद्यपि जापानमा धेरै व्यक्तिहरुले यस्तो विवाह गर्ने गरेका छन् ।

४. बर्लिनको पर्खालसँग विवाह


जर्मनीमा रहेको बर्लिनको पर्खाल भन्ने बित्तिकै हामीलाई विश्वयुद्धको कुरा याद आउँछ । एतिहासिक घटनालाई स्मरण गराउने बर्लिनको पर्खालसँग समेत एक महिलाले विवाह गरेकी छिन् । इजा–रिट्टा बर्लिनर–माउर नामकी महिलाले बर्लिनको पर्खालसँग विवाह गरेको दशकौँ भयो । स्वीडेनकी ती महिलाले पहिलोपटक उक्त पर्खाल टेलिभिजनमा देखेपछि त्यसको तस्बिरहरु आफ्नो भित्तामा सजाउने गरेकी थिइन् । पछि उनले उक्त पर्खालसँग विवाह समेत गरिन् । उक्त पर्खाल भत्किएपछि उनले त्यसको केही भाग आफैँसँग राखेकी छिन् ।

५. तकियासँग विवाह


तपाईँ हामी सबैलाई तकियाको बारेमा थाहा नै छ । तकिया हामी सुत्ने बेलामा ओच्छ्याउने गर्दछौँ । तर कोरियाका ली जिन भन्ने व्यक्तिले सोही तकियासँग विवाह गरेर सबैलाई अनौठो तुल्याएका छन् । जिनले विवाह गरेको उक्त तकियामा केटीको तस्बिर छ, त्यसलाई ‘डाकिमाकुरा’ भनिन्छ । तकियालाई लुगा लगाएर केटीकै भेषमा उनले विवाह गरेका थिए ।

६. फेयरग्राउन्ड सवारीसँग विवाह


तपाईँ हामी धेरैले फेयरग्राउन्ड सवारीमा खेलेका छौँ । नखेले पनि धेरैले त्यसलाई हेरेका छौँ । प्रायजसो पार्कहरुमा मनोरन्जनका लागि राखिने उक्त सवारीसँग समेत एक महिलाले विवाह गरेकी छिन् । अमेरिकाको न्यूयोर्ककी एमी वोल्फले फेयरग्राउन्ड सवारीसँग विवाह गरेकी हुन् । अमेरिकाको पेन्सिलभानिया राज्यको एक पार्कमा रहेको उक्त सवारीसँग विवाह गरेर उनले विश्वलाई चकित पारेकी हुन् ।

७. डल्फिनसँग विवाह


बेलायतकी एक महिलाले डल्फिनसँग विवाह गरेर सबैलाई आश्चर्यचकित पारेकी छिन् । बेलायतकी सिन्डी भन्ने महिलाले पहिलो नजरमा नै डल्फिनसँग प्रेम परेको र विवाह गरेको दाबी गरेकी छिन् । उनले इजरायलमा एक समारोह आयोजना गरी विवाह गरेकी हुन् ।

८. बिरालोसँग विवाह


मानिसहरुले विश्वमा चर्चा कमाउनका लागि नयाँ नयाँ काम गरिरहेका हुन्छन् । त्यसमध्ये मान्छेबाहेक फरक वस्तुसँगको विवाह पनि एक हो । विश्वका धेरै महिला पुरुषहरुले बिरालोसँग विवाह गरेर विश्वलाई चकित बनाउने गरेका छन् । कतिपयले जनावरसँगको मायाको कारण बिरालो कुकुर लगायतका प्राणीसँग समेत विवाह गर्ने गरेका छन् ।

९. खेलौनासँग विवाह


विवाहकै प्रशंगमा खेलौनासँगको विवाहले पनि विश्वलाई चकित बनाइरहेको छ । विश्वका धेरै व्यक्तिहरुले खेलौनासँग विवाह गरेका छन् । यो महिला र पुरुष दुवैमा लागु हुन्छ । खेलौनासँगको विवाहको कुरा गर्दा कुनै एउटा मात्रै घटना छैन, त्यस्ता धेरै घटना छन् जहाँ आफूलाई मन परेको खेलौनालाई सिंगारेर सानो भोजको समेत आयोजना गरि विवाह गरिएको छ ।

१०. सर्पसँग विवाह


झ्वाट्ट हेर्दा सर्पको वनावट डरलाग्दो किसिमको हुन्छ । कतिपयले सर्पसँग खेलिरहेका पनि हुन्छन् । तर सर्पसँगको विवाह पनि विश्वका लागि ध्यान केन्द्रीत गर्ने विषय हो । हिन्दूहरुले सर्पलाई पुजा समेत गर्नेगर्छन् । तर एक महिलाले सर्पसँग विवाह गरे आश्चर्यचकित पारेकी छिन् । बिम्बला दास नाम गरेकी महिलाले आफूलाई सर्प देख्ने बित्तिकै माया पलाएको भन्दै हिन्दू परम्परा अनुसार विवाह गरेको बताइन् । उक्त समारोहमा २ हजार भन्दा बढी व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

११. बाख्रासँग विवाह


हामीलाई अचम्म लाग्छ, बाख्रासँग विवाह ! तर सुडानका एक पुरुषको बाख्रासँग विवाह भएको छ । सुडान यस्तो देश हो जहाँ कुनै अविवाहित महिला पुरुष शारिरीक सम्पर्कको अवस्थामा कसैले देखेमा विवाह गरिदिने गर्दछन् । सुडानका चाल्र्स टोम्बे भन्ने व्यक्तिले बाख्रासँग शारिरीक सम्पर्क गर्दैगर्दा केही मानिसहरुले देखे । त्यसपछि त्यहाँको चलन अनुसार उनको विवाह गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?