६६ वर्षीया गायिका म्याडोनाको प्रेम २८ वर्षका अकिमसँग

लोकपथ
133
Shares

लस एन्जलस । प्रेमलाई उमेरले छेक्दैन भन्ने कुरा चर्चित अमेरिकी गायिका तथा पप स्टार म्याडोनाले सावित गरेकी छिन् । ६६ वर्षीया म्याडोना यतिबेला आफ्नो नयाँ प्रेमीका कारण चर्चामा छिन् । किनभने उनी अहिले जोसँग प्रेम सम्बन्धमा छिन्, उनको उमेर जम्मा २८ वर्षको रहेको छ र उनको नाम अकिम मोरिस हो ।

उनीहरुको यो खबर म्याडोनाका फ्यानलाई निकै रोचक लागेको छ । सामाजिक सञ्जालमा म्याडोना र अकिमका तस्बिर र भिडियोहरु निरन्तर आइरहेका छन् । उनीहरुको प्रेमबारे अहिले धेरैले प्रश्न उठाएका छन् । म्याडोनाको उमेर भन्दा उनको प्रेमी ३७ वर्ष कान्छा छन् । कतिले त उनीहरुको उमेरलाई हजुरआमा र नातिको उमेरसँग पनि दाँजेका छन् ।

एक रिपोर्टका अनुसार यी दुवैको पहिलो भेट सन् २०२२ मा एउटा पेपर म्यागजिनको सुटिङका क्रममा भएको थियो । त्यसपछि दुवैबीच प्रेमसम्बन्ध सुरु भएको बताइएको छ । हालै यो जोडी इटालीको सुन्दर सहर पोर्टोफिनोमा डेटिङमा पुगेका थिए । दुबैले म्याडोनाको ६६ औं जन्मदिन सँगै भव्यताका साथ मनाए ।

म्याडोनाका प्रेमी अकिम मोरिस एक फुटबल खेलाडी हुन् । उनी जमैकामा २ मे १९९६ मा जन्मेका हुन् । यद्यपि उनी अहिले न्यूयोर्कमा बस्छन् । सन २०१४ देखि २०१७ सम्म, उनले स्टोनी ब्रुक विश्वविद्यालयबाट राजनीतिक विज्ञान र सरकारमा डिग्री प्राप्त गरेका थिए । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेका छन् । अहिले उनी म्याडोनासँग निकै खुसी छन् ।

म्याडोना र अकिमको ‘म्याडोना इज द वाइल्डेस्ट पार्टी फेवर’ मा फोटोसुटका क्रममा भेट भएको थियो । म्याडोनाले सेन्ट्रल पार्कमा सरप्राइज रोलर डिस्को पार्टी आयोजना गरेपछि सुट गरिएको थियो, जसमा अकिम पनि सहभागी थिए । अहिले दुवै सँगै छन् र उनीहरुको उमेरको भिन्नताले मानिसलाई अचम्ममा पारेको छ । मानिसहरुको टिप्पणीले आफूहरुलाई फरक नपर्ने यी दुईले बताएका छन् । प्रेममा उमेरले पनि फरक नपार्ने उनीहरुको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?