मुग्लिन–नारायणगढ सडकखण्डमा ठाँउठाउँमा पहिरो, अत्यावश्यक नपरी यात्रा नगर्न प्रहरीको अनुरोध

लोकपथ
539
Shares
फाइल तस्बिर

काठमाडौं । गएरातिदेखिको अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत धेरै स्थानमा पहिरोको जोखिम बढेको छ ।

प्रायः वर्षातको समयमा जोखिममा रहने उक्त सडकखण्डमा वर्षाको कारण सानातिना पहिरो खसेको छ । बाटो पूर्णरुपमा बन्द नभए पनि आवतजावतमा समस्या परिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान उक्त सडकखण्डमा काठमाडौंबाट चितवनका लागि हिँडेको कारमाथि ढुंगाले लागेको थियो । कारमा सामान्य क्षति भए पनि अन्य ठुलो क्षति भने हुन पाएन ।

प्रहरीले मुग्लिन–नारायणगढको यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । अत्यावश्यक काम नपरी उक्त सडकखण्डमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको हो ।

गएरातिदेखिको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । धेरै स्थानका सडकमा पहिरो जाँदा आवतजावत प्रभावित बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?