नेपाली कागज उद्योग पुनःसञ्चालनमा

लोकपथ
0
Shares

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिका–३ अधिबारामा पाँच महिनादेखि बन्द अवस्थामा रहेको मालिका कागज उद्योग पुनःसञ्चालन भएको छ । कच्चापदार्थ र कामदारको अभाव, विद्युत् आपूर्तिमा अनियमितताले बन्द रहेको सो उद्योग पुनः सञ्चालन भएको हो । 

गत शनिबारदेखि उक्त उद्योगले पुनःव्यावसायिक उत्पादन सुरु गरेको छ । उद्योगका सञ्चालक मोतीराज गौतमका अनुसार स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादनको माग बढेसँगै पुनः नेपाली कागज उत्पादन सुरु गरेको बताए ।

‘यहाँ उत्पादित कागजलाई बजारको समस्या छैन, कच्चापदार्थ र कामदारको समस्याले नियमित सञ्चालनमा समस्या छ, ’सञ्चालक गौतमले भने । कागजको बजारमा अत्यधिक माग हुँदा पनि मागअनुसारको उत्पादन गर्न नसकिरहेको बताउँदै अब नियमित उत्पादन र मागअनुसार पूर्ति गर्ने योजना रहेको सञ्चालक गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?