भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु, वीरगञ्जमा प्रदर्शन

लोकपथ
91
Shares

काठमाडौं । वीरगञ्जमा एक कर्मचारीको मृत्यु भएपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

वीरगञ्ज महानगरपालिकाका कार्यरत एक सवारी चालकको मृत्यु भएको थियो ।

गत बिहीबार भारतीय नम्बर प्लेटको गाडी सिकारुले चलाउँदा ती चालकलाई ठक्कर दिएको थियो । घाइते उनलाई नारायणी अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको थियो ।

तर घटनाबारे छानबिनका लागि माग गर्दै मृतकका आफन्तले प्रहरीमा उजुरी दिए पनि प्रहरीले उजुरी लिन नमानेपछि मृतकका आफन्तहरुले आन्दोलन गरेका हुन् ।

मंगलबार दिउँसो मृतकका परिवार र आफन्तहरुले मृतकको न्यायको मागसहित अस्पताल अघि टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रहरीले जाहेरी दर्ता नगरेसम्म आफूहरु आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?