काठमाडौं । अविरल वर्षाको कारणले गर्दा कर्णाली राजमार्ग आज बिहान देखि नै अवरुद्ध भएको छ ।
सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत मंगलबार रातिदेखि परेको वर्षाले गर्दा कालीकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । बर्खायाममा कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।
सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया