मुम्बई । यसपटक भारतको गणतन्त्र दिवसको अवसर पारेर १५ अगष्टमा तीन वटा बलिउड चलचित्र रिलिज भए । तर चलचित्र ‘स्त्री २’ ले मात्र राम्रो व्यापार गरिरहेको छ । बाँकी दुई चलचित्र अक्षय कुमारको ‘खेल खेल में’ र जोन अब्राहमको ‘वेद’ व्यावसायिक रुपमा असफल भएका छन् । चलचित्र स्त्री २ ले चार दिनमा २०० करोडको व्यापार गर्दा बाँकी दुई चलचित्रलाई चार दिनमा १५ करोडको व्यापार गर्न पनि हम्मेहम्मे परेको छ ।
अभिनेता अक्षय कुमारले चलचित्र खेल खेल मेले राम्रो व्यापार गर्ने आशा गरेका थिए । यो चलचित्र व्यावसायिक रुपमा असफल भएपछि उनी फेरि तनावमा आएका छन् । चलचित्र खेल खेल मे ले दैनिक १० करोड भन्दा माथिको व्यापार गर्ने विश्वास यी अभिनेताको थियो । तर यो चलचित्रले पहिलो दिन मात्र ५ करोड कमाएको छ । मल्टिस्टार फिल्मले धेरै कलेक्सन गर्ने निर्माण पक्षलाई पनि आशा थियो तर हुन सकेन ।
फिल्ममा अक्षय कुमारसँगै वाणी कपूर, तापसी पन्नु, आदित्य सिल, प्रज्ञा जैसवाल र फद्रीन खानको अभिनय रहेको छ । खेल खेल में अघि अक्षय कुमारको ‘सरफिरा’ र ‘बडे मियाँ छोटे मियाँ’ रिलिज भएका थिए । ती दुबै चलचित्र व्यावसायिक रुपमा पूर्ण असफल भएपछि अक्षयले यो चलचित्रबाट निकै आशा गरेका थिए । अक्षय कुमार र यसका निर्माताको यो चलचित्रले राम्रो कमाउने आशा यतिबेला निराशामा परिणत भएको छ । यो चलचित्रले चार दिनमा जम्मा १६ करोडको मात्र व्यापार गरेको छ । खेल खेल मेलाई समीक्षकले यो वर्षको असफल चलचित्रको सूचीमा राखिसकेका छन् ।
अक्षयको खेल खेल मेसँगै रिलिज भएको जोन अब्राहम र शर्वरी वाघको चलचित्र वेदालाई पनि स्त्री २ ले पूर्ण असफल बनाइदिएको छ । निखिल आडवाणीको निर्देशनमा बनेको यो चलचित्रले चार दिनमा जम्मा १५ करोडको मात्र व्यापार गरेको छ । पहिलो दिन ६.५२ करोड कमाएको थियो । त्यसपछि यो चलचित्रको व्यापार दैनिक घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया