दाङ । दाङको तुलसीपुरमा इनार सफा गर्न पसेका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका ३८ वर्षीय रामबहादुर नेपाली र १६ वर्षीय मुकेश विक रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार, स्थानीय दुर्गा विकको इनार सफा गर्न गएका उनीहरुको मृत्यु भएको हो ।
आज बुधबार बिहान १० बजेतिर इनारमा पसेका उनीहरु इनारबाट निस्कन नसकेको र भित्र फसेको भन्ने सूचना पाउनासाथ प्रहरी र सेना घटनास्थल गएको थियो ।
उनीहरूलाई उद्धारपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएकोमा दुवै जनालाई बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया