शिक्षामन्त्री र पदाधिकारीलाई त्रिवि स्ववियुको चुनौती : प्रमाण ल्याउनुस् हामी दिन्छौँ सुरक्षा

लोकपथ
728
Shares

काठमाडौं । देशकै ठुलो र पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा विभागीय प्रमुख नियुक्तिको विषयले चर्चामा छ ।

त्रिविका उपकुलपति, रेक्टर र रजिष्टार लगायत केही पदाधिकारी आफूहरुमाथि सुरक्षा चुनौती रहेको भन्दै विश्वविद्यालय समेत आउन छाडेका छन् ।

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले भने पदाधिकारीहरुलाई कुनै सुरक्षा चुनौती (थ्रेट) नरहेको स्पष्ट पारेको छ । त्रिविका स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै सुरक्षा थ्रेटको प्रमाण ल्याएमा आफूहरुले सुरक्षाको प्रत्याभुती गराउने बताए ।

‘…आफूमा पलाएको सुरक्षाको सौखिनका कारण विश्वविद्यालय परिषद्मा अत्याधिक प्रहरी जम्मा गरी रणभूमीजस्तो बनाउँदे पदाधिकारीहरुले आफ्नो शैक्षिक तथा प्रशासनिक असक्षमतालाई ढाकछोप गर्न अनर्गल प्रचारबाजीमा जानु दुखद छ । विश्वविद्यालयको स्ववियु, नजिकैको प्रहरी प्रशासन, आफ्नै कार्यालय, आफ्नो टीमलाई समेत जानकारी नगराई शिक्षामन्त्रीलाई फेसबुकमा स्टयाटस लेख्न उत्प्रेरित गर्ने पदाधिकारीहरुलई कसले ? कसरी ? कहिले ? कुन ? माध्यमबाट असुरक्षा दिएको हो स्पष्ट पार्न अनुरोध गर्दै अनावश्यक राजनीतिकरणमा लाग्नुको साटो प्रमाणसहित आफ्नो अभिव्यक्ति पुष्टि गर्न शिक्षामन्त्रीलाई समेत अनुरोध गर्न चाहान्छौँ । साथै आफ्नो क्षमताले विश्वविद्यालय चलाउन सकिँदैन भन्ने लागेका कारण बहानाबाजी गरेर आफ्नो दायित्वबाट पन्छिने मनसाय राखिएको हो भने पदबाट राजीनामा दिन समेत पदाधिकारीहरुलाई चुनौती दिन चाहान्छौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्रिविको केन्द्रीय समाजशास्त्र विभागको प्रमुखमा नियुक्तिको विषयमा विवाद भएपछि केही पदाधिकारीहरु सुरक्षा चुनौतीलाई कारण देखाउँदै बिदामा बसेका हुन् ।

त्यसो त विश्वविद्यालयकी सहकुलपति समेत रहेकी शिक्षामन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालमा लेख्दै त्रिविका पदाधिकारीहरुलाई सुरक्षा चुनौती रहेको भन्दै उनीहरुको जीवन रक्षाको माग गरेकी थिइन् ।

यो पनि

आफ्नो मान्छेलाई विभागको प्रमुख बनाउन सकसपछि शिक्षामन्त्रीले रचिन् सुरक्षा चुनौतीको नाटक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?