टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्दै

लोकपथ
287
Shares

काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिना अघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने स्रोतले बताएको छ ।

आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको टिकटक सहजै चलाउन पाइने छ ।

गत वर्षको असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।टिकटको प्रतिबन्ध फुकुवालाई केहीले भूराजनीतिक प्रभावका रुपमा समेत व्याख्या गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?