काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(बिहीबार) छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रूपैयाँ कायम भएको हो ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भैइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया