काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमण सकि स्वदेश फर्किँदैछिन् ।
परराष्ट्रमन्त्री राणाले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुद भएको प्रतिक्रिया दिएकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई भारत भ्रमणको निमन्त्रणा दिएकोमा धन्यवाद दिँदै उनले प्रधानमन्त्रीदेखि विदेशमन्त्रीसँगको भेटमा द्वीपक्षीय वार्ता भएको समेत जानकारी गराएकी छिन् ।
‘छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदैछु । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू, विदेशमन्त्री श्री डा. एस जयशङ्करज्यू सँग शिष्टाचार भेट तथा द्विपक्षीय वार्ता भयो । मलाई भ्रमणका लागि आमन्त्रण गरी न्यानो स्वागत एवं आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद ज्ञापन गर्दछु । भ्रमणले सदियौँ पुरानो नेपाल(भारत सम्बन्ध अझ मजवुत भएको विश्वास मैले लिएको छु,’ उनले भनेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया