अभिनेता विपिन कार्कीलाई मातृशोक

लोकपथ
546
Shares

काठमाडौं । पछिल्लो समयका चर्चित अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ ।

मिर्गौला लगायताका अन्य दीर्घ रोगबाट समेत पीडित रहेकी विपिनको आमा सरस्वतीको आज उपचारको पाटन अस्पतालमा मृत्यु भएको हो ।

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि ७२ वर्षीया कार्कीलाई एक हप्तादेखि नै आईसीयूमा राखिएको थियो ।

पछिल्लो समय ‘ऊनको स्वीटर’ को सुटिङमा रहेका विपिन आमाको अवस्था गम्भीर रहेको थाहा पाएपछि सुटिङ सेटबाटै काठमाडौं आएका थिए ।

केहीबेरअघि पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?