काठमाडौं । महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनीबीच महालक्ष्मी विकास बैंक मार्फत टाटा ब्रान्डको गाडी खरिद गर्ने ग्राहहरुका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी भएको छ । महालक्ष्मी विकास बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनीबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।
कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया