काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णण गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चार एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार बैठकले सर्तसहित प्रतिबन्धित टिकटक खोल्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको हो ।
गत कार्तिकमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक विकृती फैलाएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर विभिन्न माध्ययम प्रयोग गरेर नेपालमा टिकटक भने निर्वाध रुपमा सञ्चालन भइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया