काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
बिहीबार बढेको विदेशी मुद्राको विनिमयदरले आज समेत निरन्तरता पाएको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४९ रुपैयाँ २४ पैसा र बिक्री दर १४९ रुपैयाँ ९७ पैसा रहेको छ ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया